images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ।बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। विशेष कार्यक्रमबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन्।

    images
    images

    बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीतिअनुसार जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। सोही रणनीतिअन्तर्गत फलाखु खोला जलविद्युत आयोजनामा लगानी सुनिश्चित गरिएको बैंकको भनाइ छ।नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।बैंकका अनुसार आयोजना सम्पन्न भएपछि स्वच्छ ऊर्जा उत्पादन बढ्नुका साथै मुलुकको आर्थिक वृद्धि र वातावरणीय संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend