images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • १० महिनामै साढे ११ अर्बको बीमा...

१० महिनामै साढे ११ अर्बको बीमा पोलिसी सरेण्डर

१० महिनामै साढे ११ अर्बको बीमा पोलिसी सरेण्डर

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • बीमा पोलिसी नविकरण नगर्नेको संख्या १२ लाख नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसी नविकरण नभएका हुन् ।चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर मार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो । उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो ।

    images
    images

    सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा ८८ हजार ६३५ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ७६ हजार ४७७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १३.७२ प्रतिशतले घटेको छ ।त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ६.८३ प्रतिशतले बढेको छ । गत आवको बैशाख मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३९ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या भने २.३९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसीहरु नविकरण भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend