images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न...

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा व्यवसाय गर्न नपाउने भएको छ । नेपाल बिमा प्राधिकरणले उक्त कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाउनेगरी निर्णय गरेको हो ।प्राधिकरणलेको मंगलबार बसेको सञ्चालक समिति बैठकले बीमा ऐन २०७९ ले दिएको अधिकार प्रयोग गरी पुनर्बीमा व्यवसाय रोक्न निर्देशन दिएको हो।कम्पनीले पुनर्बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । तर, कम्पनीले यसअघि बिक्री गरिसकेका पुनर्बीमा व्यवसायसँग भने निरन्तरता दिनु पर्नेछ । 

    images
    images

    यसअघि  प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृतसहित पाँच उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागेको थियो।चर्चित व्यवसायी दीपक भट्टको समूहको मुख्य लगानी रहेको उक्त कम्पनीमा करिब ४ अर्ब दुरुपयोग भएको पाइएको छ । यसका लागि प्राधिकरण र धितोपत्र बोर्ड दुवैले छुट्टाछुट्टै अध्ययन गरेको थियो । अहिले यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले यसमा अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend