images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • एशियन लाइफको नाफा सामान्य बढ्यो, अन्य...

एशियन लाइफको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

एशियन लाइफको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • एशियन लाइफ इन्स्योरेन्सको नाफामा करिब ४ प्रतिशतको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।समीक्षा अवधिमा कम्पनीको नाफा ३.७९ प्रतिशतले वृद्धि भएर ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड ४७ लाख रुपैयाँ रहेको थियो । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा ७ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

    images
    images

    त्यस्तै, कम्पनीले अभिकर्ता कमीशन मार्फत यस बर्षको तेस्रो त्रैमाससम्मा ५९ करोड रुपैयाँ दिएको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ७७ लाख रुपैयाँ कमीशन अभिकर्ता कमीशनमार्फत दिएको थियो । कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफनो पुँजी गत बर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि गरेको छ ।त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ३२ करोड रुपैयाँ, रिटेनि अर्निङ्गमा ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिर्पोट अनुसार यस अवधिसम्ममा कम्पनीको एपीएस ९ रुपैयाा २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend