images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सामान्य बढ्यो नेष्डो समृद्ध लघुवित्तको नाफा,...

सामान्य बढ्यो नेष्डो समृद्ध लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

सामान्य बढ्यो नेष्डो समृद्ध लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको मुनाफा १४ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ६० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ५.६९ प्रतिशतले बढेर २१ करोड ३६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २० करोड २१ लाख रुपैयाँ रहेको थियो ।

    images
    images

    गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ११ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा २० करोड ३१ लाख ६४ हजार रुपैयाँ घनात्मक देखिएको हो । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २९ करोड १३ लाख ३७ हजार रुपैयाँ रहेको छ भने ३० करोड ६२ लाख रुपैयाँ रहेको जगेडा कोष सञ्चिति बढेर ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।बैंकको खराब कर्जा भने उच्च देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २०.९० प्रतिशत रहेको कम्पनीको खराब कर्जा बढेर २१.३४ प्रतिशत पुगेको हो । चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.५१ प्रतिशत ऋणात्मकबाट बढेर ४८.८१ प्रतिशत घनात्मक हुन पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२०.१३ रुपैयाँ रहेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend