images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा,...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, इपीएस कति ?

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, इपीएस कति ?

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६१ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    images
    images

    गत आवको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा २८.८९ प्रतिशको वृद्धि सहित ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यसले कम्पनीले आक्रामक रूपमा बीमा व्यवसाय विस्तार गरिरहेको देखाउँछ ।समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि १२ अर्ब ८० करोड १८ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँबाट घटेर ६.९१ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend