images

२०८३ आश्विन १७ गते

images
images
images

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिदैँ

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिदैँ

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ ।

    images
    images

    सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार तारकेश्वर नगरपालिकाले बुधबारदेखि फुटुङस्थित थापागाउँमा डोजर लगाएको हो । नगरपालिकाले अतिक्रमण गरेर भाडामा लगाइएको करिब दुई रोपनी जग्गा संरक्षण गरेको हो ।

    तारकेश्वरकी उपप्रमुख तथा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीले थापागाउँ क्षेत्रमा बनेका टहरा, सटर तथा अन्य संरचना हटाइएको जानकारी दिएका छन । थापागाउँको उक्त सरकारी जग्गामा चाँडै सूचना बोर्ड राखिने उनको भनाइ छ । उहाँले तारकेश्वर क्षेत्रमा अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको विवरण प्रमाणसहित नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेका छन ।

    images
    images

    स्थानीयवासीको मागअनुसार यसअघि नै विसं २०७५ पुस १७ गते वडा नं ७ ले पहिलोपटक सातदिने सूचना जारी गर्दै अतिक्रमण हटाउन अनुरोध गरेको भए पनि हटाउन सकिएको थिएन ।

    नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अब थप कडाइका साथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend