काठमाडौँ, १६ वैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपानेलाई नियुक्त गरेको छ ।
कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा कपन–३, काठमाडौं निवासी न्यौपानेलाई नियुक्त गरेको हो। उक्त नियुक्तिलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार न्यौपानेको आगमनसँगै सञ्चालक समितिको संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।





.gif)





