images

२०८३ आश्विन १७ गते

images
images
images

तीन सहायक रथी उपरथीमा पदोन्नति

तीन सहायक रथी उपरथीमा पदोन्नति

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं, १६ वैशाख । नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
     
    प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उनीहरुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     
    कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend