images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • तीन महिनामै ८८ अर्ब ९३ करोडले...

तीन महिनामै ८८ अर्ब ९३ करोडले बढ्यो सार्वजनिक ऋण, पुग्यो २५ खर्ब २३ अर्ब बढी

तीन महिनामै ८८ अर्ब ९३ करोडले बढ्यो सार्वजनिक ऋण, पुग्यो २५ खर्ब २३ अर्ब बढी

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । 

    images
    images

    भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो । भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । 

    कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएको कारण ऋण दायित्व घटेको जनाएको हो । साथै विनिमयदरमा भएको परिवर्तनले भाद्र महिनासम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोडले सार्वजनिक ऋण घटेको विभागले उल्लेख गरेको छ । 

    images
    images

    पहिलो त्रैमासमा ८८ अर्ब दायित्व बढ्यो

    देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला मुलुकको सार्वजनिक ऋणको आकार लगातार बढ्दै गएको छ । चालु आर्थिक वर्ष ९आव० २०८१–८२ को पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थपिएको छ । 

    २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋणको दायित्व असोज मसान्तसम्म आइपुग्दा २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थप भएको छ । 

    कार्यालयका अनुसार ३ महिनामा कुल १ खर्ब ३६ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण थपिएको हो ।

    ३ महिनामा सरकारले ८३ अर्ब ऋण तिर्यो

    कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा सरकारले ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमा १५९ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ भने ९ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ । 

    हरेक नेपालीको भागमा करिब ८६ हजार

    हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ  । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । 

    यो जनसंख्याले असोजसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्याङ्क निकालिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend