images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • सुकुम्वासी बस्ती हटाउने क्रममा जनावरको स्याहारमा...

सुकुम्वासी बस्ती हटाउने क्रममा जनावरको स्याहारमा विशेष ध्यान

सुकुम्वासी बस्ती हटाउने क्रममा जनावरको स्याहारमा विशेष ध्यान

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका विभिन्न सुकुम्वासी बस्ती हटाउने कार्यसँगै त्यहाँ रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण र स्याहारलाई प्राथमिकतामा राखिएको छ। मानवीय संवेदनशीलता देखाउँदै जनावर व्यवस्थापनको कामसमेत सँगसँगै अघि बढाइएको हो।

    images
    images

    बस्ती हटाउने क्रममा विस्थापित भएका २१९ परिवारलाई रङ्गशालामा स्थानान्तरण गरिएसँगै कुकुर, गाईलगायतका जनावरहरूको हेरचाह, उपचार र संरक्षणलाई तीव्रता दिइएको छ। यस कार्यमा Sneha Care र KAT Centre जस्ता संस्थाहरू सक्रिय रूपमा खटिएका छन्। यी संस्थाहरूले जनावरलाई नियमित आहार, सुरक्षित आश्रय तथा बिरामी र घाइते जनावरहरूको उपचार उपलब्ध गराइरहेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बेवारिसे तथा घाइते जनावरहरूको उद्धार गरी आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कार्य निरन्तर जारी रहेको छ।

    images
    images

    शनिबार र आइतबार थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रमा डोजर प्रयोग गरी अव्यवस्थित संरचनाहरू हटाइएको थियो। आइतबार मध्याह्नसम्म ती क्षेत्रबाट २१९ परिवारलाई रङ्गशालामा सारेर उनीहरूका लागि खाना तथा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

    यस क्रममा नेपाल प्रहरी पनि परिचालित भई वास्तविक भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गर्ने प्रक्रियामा संलग्न रहेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले वास्तविक पीडितलाई न्याय दिलाउने र सुरक्षित आवास सुनिश्चित गर्ने विषयमा प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।

    यसरी बस्ती व्यवस्थापनसँगै जनावरको संरक्षणमा ध्यान दिइनु समग्र अभियानलाई थप मानवीय, जिम्मेवार र सन्तुलित बनाउने प्रयासका रूपमा हेरिएको छ।

    तस्बिरहरु: प्रधानमन्त्रीको सचिवालयबाट

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend