images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जीवन बिमा व्यवसायमा उल्लेखनीय विस्तार, ९...
जीवन बिमा व्यवसायमा उल्लेखनीय विस्तार

जीवन बिमा व्यवसायमा उल्लेखनीय विस्तार, ९ महिनामा १ खर्ब ४० अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन

जीवन बिमा व्यवसायमा उल्लेखनीय विस्तार, ९ महिनामा १ खर्ब ४० अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो नौ महिनामा नेपालमा जीवन बिमा व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएको छ। यस अवधिमा जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।

    images
    images

    नेपाल बिमा प्राधिकरणका अनुसार १४ वटा जीवन बिमा कम्पनीको कुल व्यवसाय ११.३१ प्रतिशतले वृद्धि भएको छ भने नयाँ व्यवसाय (प्रथम बिमाशुल्क) करिब ३० प्रतिशतभन्दा बढीले बढेको छ।

    सोही अवधिमा १ करोड १५ लाखभन्दा बढी बिमा पोलिसी बिक्री भएका छन्। चैत महिनामा मात्रै ३ लाख ५५ हजारभन्दा बढी पोलिसी जारी गर्दै १५ अर्ब ७३ करोड रुपैयाँ बिमाशुल्क सङ्कलन भएको छ।

    images
    images

    कम्पनीगत विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहँदै ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको छ। त्यसपछि नेसनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७ करोड ९४ लाख र एलआईसी नेपालले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ सङ्कलन गरेका छन्।

    त्यस्तै हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख र एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्।

    मध्यम तथा साना कम्पनी मध्ये सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले पनि स्थिर वृद्धि दर्ता गरेका छन्।

    नयाँ व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा रहे पनि वृद्धिदरका हिसाबले आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। नवीकरण बिमाशुल्कतर्फ करिब ९ प्रतिशत वृद्धि भएको प्राधिकरणले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend