images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा प्रवेश

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा प्रवेश

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौँ, १३ वैशाख । छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।

    images
    images

    चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो ।

    नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो । 

    images
    images

    नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो ।

    चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको थियो । नेपालले थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको हो । नेपालले अब सेमिफाइनलमा श्रीलङ्कासँग खेल्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend