images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • मनोहरा नदी किनारमा पुनः डोजर परिचालन,...
मनोहरा नदी किनारमा पुनः डोजर परिचालन

मनोहरा नदी किनारमा पुनः डोजर परिचालन, सुरक्षाकर्मीको कडा उपस्थिति

मनोहरा नदी किनारमा पुनः डोजर परिचालन, सुरक्षाकर्मीको कडा उपस्थिति

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौँ । भक्तपुरस्थित मनोहरा नदी किनारका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती हटाउने अभियान अन्तर्गत आज पुनः डोजर परिचालन गरिएको छ। सो क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

    images
    images

    यसअघि शनिबार बस्ती खाली गराउने क्रममा पुगेको सरकारी टोलीमाथि स्थानीयले ढुंगामुढा गर्दा स्थिति तनावपूर्ण बनेको थियो। उक्त घटनामा गैह्रीगाउँ क्षेत्र खाली गराएपछि मनोहरा क्षेत्रमा पुगेको डोजर टोलीमाथि आक्रमण हुँदा केही प्रहरी घाइते भएका थिए।

    त्यस घटनापछि टोली अस्थायी रूपमा पछि हटे पनि आज पुनः सो क्षेत्र खाली गर्ने सरकारी तयारी अनुसार डोजर परिचालन गरिएको हो। सुरक्षा निकायले सम्भावित तनावलाई मध्यनजर गर्दै क्षेत्रमा निगरानी कडा बनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend