images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’...

आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै

आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै

images
images
शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • काठमाडौँ, १२ वैशाख । आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

    images
    images

    नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने युएई पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने तयारीमा छ । दुवै टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

    नेपालको टोलीमा कुशल भुर्तेल, महमद आसिफ शेख (विकेटकिपर), भीम शार्की, कप्तान रोहितकुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् । 

    images
    images

    त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदेब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मुहम्मद वसिम, सोहेल खान, खुझाइमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend