images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • कम्पनीको सेयर स्वामित्व संरचना पूर्ण रूपमा...

कम्पनीको सेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी छ : स्टार माइक्रो इन्स्योरेन्स

कम्पनीको सेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी छ : स्टार माइक्रो इन्स्योरेन्स

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कम्पनीको शेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी, कानुनी र नियामक निकायको मापदण्ड अनुसार व्यवस्थित रहेको स्पष्ट पारेको छ । सञ्चारमाध्यमहरूमा कम्पनीको शेयर संरचना र केही व्यक्तिहरूको नाम जोडेर सार्वजनिक भएका समाचारहरू भ्रामक भएको भन्दै कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुनी प्रावधान अनुसार सञ्चालनमा रहेको यस वित्तीय संस्थामा ठुलो सङ्ख्यामा आम नागरिकहरूको लगानी रहेको जानकारी दिएको छ । 

    images
    images

    आधिकारिकता विना नै संस्थाको प्रतिष्ठामा आँच आउने गरी गलत र अपुष्ट जानकारी फैलाउँदा लगानीकर्ताहरूको विश्वासमा नकारात्मक असर पर्नुका साथै ग्राहकहरूमा समेत भ्रम सिर्जना हुने तर्फ कम्पनीले ध्यानाकर्षण गराएको छ।विज्ञप्तिमा भनिएको छ, ’हाम्रो कम्पनीको शेयर संरचनाका बारेमा केही व्यक्तिहरूको नामसमेत जोडेर गरिएको गलत व्याख्याप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ। यस्ता भ्रामक सूचनाले कम्पनीको बदनाम गर्ने र बजारमा अनावश्यक नकारात्मक प्रभाव पार्ने काम गरेको छ ।’कम्पनीले सम्पूर्ण सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्यको सत्यता पुष्टि गर्न र जिम्मेवार पत्रकारिताको मर्मलाई आत्मसात् गर्न हार्दिक अनुरोध गरेको छ। साथै, यस्ता आधारहीन र भ्रामक सूचनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन कम्पनीले सम्बन्धित सरोकारवाला निकायहरूसँग माग समेत गरेको छ ।

    स्टार माइक्रो इन्स्योरेन्सले कुनै पनि किसिमको अफवाह फैलाउने कार्यप्रति कम्पनी कडा रूपमा उभिने प्रतिबद्धता जनाउँदै आफ्ना सेयर धनी, सेवाग्राही र सरोकारवालाहरूलाई यस्ता अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गरेको छ।कुनै पनि आधिकारिक जानकारीका लागि कम्पनीको आधिकारिक स्रोतबाट मात्र बुझ्न समेत विज्ञप्ति मार्फत अपिल गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend