images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि...

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौँ, ८ वैशाख । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गरेका छन ।

    images
    images

    सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो । 

    अमेरिकी सहायक विदेशमन्त्री पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन । “रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उनले भोका छन ।, “अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।” अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौँ आइपुगेका हुन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend