images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत...

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • दमौली (तनहुँ), ८ वैशाख जिल्ला प्रशासन कार्यालयले सोमबार देखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखा अन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखाका साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू एकीकृत सेवा कार्यालयको भवनबाट सञ्चालन हुने जानकारी दिएका छन। 

    images
    images

    यसअघि व्यास नगरपालिकाको स्वामित्वमा रहेको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि सोमबारदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको रेग्मीले बताएका छन। कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्‍याएकामा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकामा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिएका छन। गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    यसअघि दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाई सामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उल्लेख गरे । उनका अनुसार प्रशासन कार्यालयले क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ । 

    गत भदौमा भएको जेनजी आन्दोलनबाट क्षति भएको भवनलाई मर्मत गरी केही समय सेवा प्रवाह गरिए पनि कार्यकक्षको अभाव थियो । अब अन्य प्रशासनिक तथा शान्ति सुरक्षा सम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिने उहाँले जानकारी दिएका छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend