images

२०८३ आश्विन १७ गते

images
images
images

ज्येष्ठ नागरिकलाई लठ्ठी

ज्येष्ठ नागरिकलाई लठ्ठी

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • तुलसीपुर (दाङ), ६ वैशाख । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो ।

    images
    images

    त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन पाण्डेले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नका लठ्ठी चाहिन्छ, त्यसको सहजताका लागि हामीले सहयोग गरेका हौँ” उहाँले भन्नुभयो । 

    पचहत्तर वर्षभन्दा माथिका १३ नागरिकलाई सहयोग गरिएको छ । देख्दा सानो सहयोग देखिए पनि यसले ज्येष्ठ नागरिकलाई ठूलो राहत दिने भन्दै यस्तो सहयोग गरिएको अध्यक्ष पाण्डेको भनाइ थियो । समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले यस्तो कार्य गरिएको उहाँले बताउनुभयो । 

    images
    images

    आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष पाण्डेको भनाइ छ । टोलले केही रचनात्मक कार्य गर्नुपर्ने सबैको सल्लाहअनुसार नै यो कार्य गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । यो कार्यले सबै टोलका लागि पनि सिकाइ हुने उहाँको अपेक्षा छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend