images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • इटहरी गोल्डकप फुटबल प्रतियोगिता युवा समाज...

इटहरी गोल्डकप फुटबल प्रतियोगिता युवा समाज गछिया मोरङ फाइनलमा

इटहरी गोल्डकप फुटबल प्रतियोगिता युवा समाज गछिया मोरङ फाइनलमा

images
images
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • धरान (सुनसरी), ५ वैशाख । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ ।

    images
    images

    गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा पाँच–चार गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    निर्धारित समयमा दुवै टोलीले तीन–तीन गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेल सडनडेथमा पुगेको हो ।

    images
    images

    पेनाल्टी सुटआउटमा मछिन्द्रका रोहित चन्द, दीपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गरेका थिए भने सनिश श्रेष्ठको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गरेका थिए भने कप्तान सुजन चौधरीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

    खेलको २२औँ मिनेटमा युवा समाजका जन्मि धामीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४६औँ मिनेटमा सुजन डङ्गोल र ५९औँ मिनेटमा पदम भट्टराईले थप गोल गरे ।

    मच्छिन्द्र क्लबका पदम बुढाथोकीले खेलको १३औँ र १६औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निर्धारित अन्तिम समयमा तुसार विश्वकर्माले थप एक गोल गरेका थिए ।

    शुक्रबारको खेलका ‘प्लेयर अफ द म्याच’ युवा समाजका पदम भट्टराई घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । 

    प्रतियोगिताको उपाधिका लागि फाइनल खेल आगामी वैशाख ७ गते हुनेछ । विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend