images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • हिमालयन रि इन्स्योरेन्समा आए ३ नयाँ...

हिमालयन रि इन्स्योरेन्समा आए ३ नयाँ सञ्चालक, अध्यक्षमा उदय कुमार निरौला

हिमालयन रि इन्स्योरेन्समा आए ३ नयाँ सञ्चालक, अध्यक्षमा उदय कुमार निरौला

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छासहित ३ सञ्चालकले दिएको राजीनामा स्वीकृत भएपछि उनीहरूको स्थानमा ३ जना नयाँ सञ्चालक आएका छन् ।दीपक भट्टले उधारोमा कारोबार गरेको सेयरको सेटलमेन्ट गर्न भृकुटी स्टक ब्रोकिङ कम्पनीमा रकम पठाएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाएपछि रिक्त रहेको हिमालयन रि-इन्स्योरेन्समा नयाँ सञ्चालक आएका हुन् ।

    images
    images

    हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा भएको हेरफेर सम्बन्धी सूचना कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।चैत २५ गतेदेखि संस्थापक सेयरधनीहरूको तर्फबाट प्राप्त पत्रको आधारमा कम्पनीको चैत २५ गतेको सञ्चालक समितिको निर्णयअनुसार आगामी वार्षिक साधारण सभासम्मका लागि ३ जना सञ्चालकहरूको मनोनयन स्वीकृत गरेको जनाएको छ ।

    अध्यक्ष शेखर गोल्छाको स्थानमा उदय कुमार निरौला, सञ्चालक साहिल अग्रवालको स्थानमा दीपेन्द्र कुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वी राज थापा सञ्चालक मनोनयन भएको कम्पनीले जनाएको छ ।नयाँ सञ्चालकहरू आएसँगै सञ्चालक समितिको अध्यक्षमा उदय कुमार निरौला चयन भएको कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend