images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • महिला समूहसँग नेपाल बीमा प्राधिकरणद्वारा बीमा...

महिला समूहसँग नेपाल बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

महिला समूहसँग नेपाल बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  •  विराटनगर, चैत २२ — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय को आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना गरिएको थियो ।

    images
    images

    कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्र्रिती देव ले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराउनुभएको थियो । उहाँले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दावी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिनुभएको थियो । अन्तरक्रिया सत्रमा सहभागी महिला हरूले बीमा सम्बन्धी बीमा पछी रोग लाग्यो भने पाँउने सुविधा , बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुर्दैन , पि आई डि को सुविधा कसरी ले र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए ।

    सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराउनु भयो । उहाँले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउर्दैँ हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औलाउनुभयो । उहाँले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिएको थियो । कार्यक्रममा विभिन्न ४ बटा भर्जन समुहका करिव ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend