images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमामा फागुनसम्म ३१ अर्ब ७०...

निर्जीवन बीमामा फागुनसम्म ३१ अर्ब ७० करोड व्यवसाय, शिखर अग्रस्थानमा

निर्जीवन बीमामा फागुनसम्म ३१ अर्ब ७० करोड व्यवसाय, शिखर अग्रस्थानमा

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ कम्पनीले उक्त व्यवसाय गरेका हुन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो।बीमा व्यवसायमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३ अर्ब ३६ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब २० करोड रुपैयाँसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

    images
    images

    त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले पनि दुई अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।वृद्धिदरका आधारमा भने हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अगाडि देखिएका छन्। अधिकांश कम्पनीको व्यवसाय बढ्दो क्रममा रहँदा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय भने घटेको छ।बीमा क्षेत्रमा समग्र वृद्धि भइरहँदा लघु निर्जीवन बीमाको विस्तार पनि तीव्र देखिएको छ। चार लघु निर्जीवन बीमा कम्पनीहरूले फागुनसम्म ८२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

    लघु बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स अगाडि देखिएका छन्। त्यस्तै स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्सले पनि उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्।विशेषगरी लघु बीमामा बीमा पोलिसीको संख्या बढ्दै जानु ग्रामीण तथा न्यून आय वर्गसम्म बीमा पहुँच विस्तार भएको संकेतका रूपमा हेरिएको छ। बीमा क्षेत्रमा ठूला कम्पनीको वर्चस्व कायम रहँदा साना बीमा कम्पनीको पहुँच विस्तारले समग्र बजारलाई थप चलायमान बनाएको देखिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend