images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • ८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा, ६...

८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा, ६ वटालाई नगद जरिवाना

८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा, ६ वटालाई नगद जरिवाना

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो ।यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेको प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिइन् । 

    images
    images

    यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ । त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।यी दुईबाहेक कारबाहीमा परेका अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको जानकारी प्राधिकरणले दिएको छ ।बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

    पहिलोपटक निर्देशन उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्‍याएमा पच्चीस लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटकका लागि ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । पहिलो पटकका लागि प्राधिकरणले सो बराबरको जरिवाना गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend