images

२०८३ आश्विन १७ गते

images
images
images

रुपन्देहीको होटल क्राउन प्लाजाले एक वर्षमा कति गर्‍यो व्यापार ?

रुपन्देहीको होटल क्राउन प्लाजाले एक वर्षमा कति गर्‍यो व्यापार ?

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • काठमाडौं । रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजले सञ्चालनमा ल्याएको होटल क्राउन प्लाजाले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ करोड रुपैयाँ र सन् २०२३ मा पनि ४ करोड रुपैयाँको कारोबार गरेको थियो ।कम्पनीले ११० कोठा क्षमताको होटल निर्माण गरिरहेको छ । हाल भने ७० कोठाको सुविधासहित होटल सञ्चालनमा रहेको छ । साथै, कम्पनीले होटलको क्षमता विस्तार गरी १३८ कोठा पुर्‍याउने योजना बनाएको छ । यसका लागि थप २८ कोठा निर्माण गरी होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने तयारी गरिएको छ ।

    images
    images

    सन् २०१४ मा होटल पवन प्यालेस प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२५ मा लुम्बिनी हेरिटेज कम्पनीमा परिणत भएको हो ।कम्पनीले कन्फरेन्स हल, फुड एन्ड बेभरेज सेवा तथा वेलनेस सुविधासमेत स्तरोन्नति गर्ने तयारी गरेको छ । सन् २०२५ को अक्टोबरमा होटल व्यवस्थापनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।होटलको स्तरोन्नति तथा क्षमता विस्तारका लागि कम्पनीले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ थप लगानी गर्ने भएको छ । यसअन्तर्गत कोठादेखि अन्य सेवासुविधासम्मको विस्तार गरिनेछ ।कम्पनीको लगानी अनुपात ५६:४४ कायम गरिएको छ भने आवश्यक कर्जा व्यवस्थापन भइसकेको छ । स्तरोन्नति सम्पन्न भएको होटल सन् २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    सुभास अमात्य अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङसमेत गराएको छ।होटल बुद्ध जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend