नयाँदिल्ली । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा भारतको थोक मूल्य सूचकांक २.१३ प्रतिशतले बढेको छ । मन्त्रालयको विज्ञप्तिअनुसार फेब्रुअरी २०२६ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया अन्य उत्पादन, आधारभुत धातुहरूको निर्माण, गैर–खाद्य वस्तुहरू, खाद्य वस्तुहरू र कपडाहरू आदिको मूल्यमा भएको वृद्धिको कारणले हो ।
थोक मूल्य सूचकांक मुद्रास्फीति दर जनवरीमा १.८१ प्रतिशत र डिसेम्बर २०२५ मा ०.९६ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जनवरीमा १.४१ प्रतिशतको तुलनामा फेब्रुअरीमा १.८५ प्रतिशतमा पुगेको छ । प्राथमिक वस्तु समूहको सूचकांक जनवरीमा १९३.९ बाट ०.५२ प्रतिशतले घटेर फेब्रुअरीमा १९२.९ मा झरेको छ । इन्धन र उर्जा समूहको सूचकांक जनवरीमा १४५.९ बाट १.१७ प्रतिशतले बढेर फेब्रुअरीमा १४७.६ पुगेको छ ।
उत्पादित वस्तु समूहको सूचकांक जनवरीमा१४७.५ बाट ०.४७ प्रतिशतले बढेर फेब्रुअरीमा १४८.२ पुगेको छ ।




.gif)





