झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २ अर्ब ७० करोड ५८ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ८०।४३ प्रतिशत हो।
कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो।
फागुन महिनामा मात्रै ४४ करोड ५० लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको भए पनि लक्ष्यको ५७।१७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए।
कार्यालयका अनुसार आठ महिनाको अवधिमा,आयकरबाट– १ अर्ब २४ करोड ८२ लाख ४४ हजार मूल्य अभिवृद्धि कर (भ्याट) बाट– ९७ करोड ३२ लाख १८ हजार अन्तःशुल्कबाट– ३६ करोड ७० लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
प्रमुख कर अधिकृत थापाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का कारण पछिल्लो समय बजार अनुगमन लगायतका गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए।
उनका अनुसार आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी कार्यालयले गरेको छ।




.gif)





