images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • धादिङमा स्वास्थ्य चौकी भवन ५५ प्रतिशतमै...

धादिङमा स्वास्थ्य चौकी भवन ५५ प्रतिशतमै रोकियो, ठेकेदार सम्पर्क विहीन

धादिङमा स्वास्थ्य चौकी भवन ५५ प्रतिशतमै रोकियो, ठेकेदार सम्पर्क विहीन

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेमा निर्माणाधीन स्वास्थ्य चौकी भवन लामो समयदेखि अधुरै अवस्थामा रहेको छ। आर्थिक वर्ष २०७६।७७ मा टेण्डर भई निर्माण सुरु गरिएको उक्त स्वास्थ्य चौकी हालसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

    images
    images

    स्वास्थ्य चौकी भवन निर्माणका लागि करिब २ करोड ७० लाख ३१ हजार ७ सय ६९ रुपैयाँ लागत अनुमान गरिएको थियो। काठमाडौँको बानेश्वरस्थित रविना–अविशा–विकोन जेभीले २०७७ फागुन २० गते ठेक्का सम्झौता गरी २०८१ असोज ७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेको थियो।

    ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायी सँग ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपैयाँमा सम्झौता गरिएको थियो। तर तोकिएको समयसीमा सकिए पनि हालसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ।

    images
    images

    आयोजनाका अनुसार हालसम्म स्वास्थ्य चौकी भवन निर्माणमा २ करोड ७२ लाख ८९ हजार ५ सय ४१ रुपैयाँ खर्च भइसकेको छ। निर्माण सम्पन्न गर्ने समय सकिँदा समेत निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन नदिएको र सम्पर्कमा समेत नआएको आयोजनाले जनाएको छ।

    निर्माण व्यवसायी सम्पर्कमा नआएमा ठेक्का सम्झौता नै रद्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी आयोजनाले दिएको छ। निर्माण व्यवसायी आएर म्याद थपका लागि निवेदन दिएमा जरिवानासहित म्याद थप गर्न सकिने आयोजनाका प्रमुख सशिन्द्र घिमिरेले बताए।

    स्वास्थ्य चौकी भवन समयमै निर्माण नहुँदा स्थानीयले अझै पनि पुरानै जीर्ण भवनबाट स्वास्थ्य सेवा लिन बाध्य भएका छन्। नयाँ भवन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले समस्या झेल्नुपरेको स्थानीय कविता बोगटीले बताइन्।

    उता, आयोजना र ठेकेदारबीच समन्वयको अभावका कारण निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले पनि चिन्ता व्यक्त गरेका छन्। निर्माण कम्पनी र सरोकारवाला निकायले छिटो काम अघि बढाउनुपर्ने स्थानीय ठाकुर गुरुङको भनाइ छ।

    स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार वर्षौँसम्म अधुरो रहँदा स्थानीय बासिन्दा भने अझै पनि नयाँ भवनको प्रतीक्षामा छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend