images

२०८३ आश्विन १७ गते

images
images
images

भ्याली पेलेट फिडको व्यापार १५ प्रतिशतले बढ्यो

भ्याली पेलेट फिडको व्यापार १५ प्रतिशतले बढ्यो

images
images
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं । भ्याली पेलेट फिडको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले वृद्धि भएको हो ।कम्पनीले सन् २०२४ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा भने ४ अर्ब ६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    कम्पनीले गत आवमा २.६४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले १.२३ प्रतिशत नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा ६ करोड ७० लाख रुपैयाँ रहेको कुल नगद सञ्चय सन् २०२५ मा बढेर १२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।कम्पनीका अनुसार गत आवमा दानाको उच्च बिक्रीका कारण व्यापार उल्लेख्य रूपमा बढेको हो ।सन् २००८ मा स्थापना भएको कम्पनीले पोल्ट्री दाना उत्पादन गर्दै आएको छ । पोल्ट्री दानासँगै कम्पनीले माछाका लागि पनि दाना उत्पादन गर्दै आएको छ । भ्याली ग्रुपद्वारा सञ्चालित कम्पनीले वार्षिक ७० हजार मेट्रिक टन दाना उत्पादन गर्दै आएको जनाएको छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसअनुसार दीर्घकालीन कर्जाका लागि ३९ करोड ३५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७१ करोड रुपैयाँको रेटिङ गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend