चुनावले अर्थतन्त्रलाई चलायमान गराउँछ र अर्थतन्त्रका विविध पाटोमा चुनावले गर्ने योगदानमध्ये मदिराको खपतमा पनि वृद्धि हुने गरेको उदाहरण पछिल्लो सात महिनाको मदिरा आयातले देखाएको छ ।नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ)सम्ममा ६० लाख लिटर मदिरा भित्रिएको छ । उक्त मदिरा आयात ६ अर्ब ४१ करोड रुपैयाँ भन्सार मूल्यको रहेको छ । नेपालमा भित्रिएको मदिराबाट सरकारले १० अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।चुनावी महिना भएकाले फागुनमा यसको खपत अझ बढी भएको हुनसक्छ । फागुन महिनामा मदिरा आयात पनि बढेको हुनसक्ने भए पनि त्यसको तथ्यांक भने चैतमा मात्रै सार्वजनिक हुन्छ ।पछिल्लो सात महिनामा ३ अर्ब ८४ करोड रुपैयाँले मदिरा आयात बढेको छ । गत वर्षको सोही अवधिमा २० लाख लिटर मदिरा २ अर्ब ५६ करोड रुपैयाँ भन्सार मूल्यको भित्रिएको थियो । गत वर्ष माघसम्म सरकारले उक्त मदिराबाट ३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाउँछ ।
पछिल्लो सात महिनामा भित्रिएको मदिरा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३ अर्ब ८४ करोड रुपैयाँले बढी हो । यो अवधिमा मदिराको परिमाण २० लाख लिटरबाट बढेर ६० लाख लिटर पुगेको छ । यसले गत वर्षको सोही अवधिको तुलनामा मदिरा आयात तीन गुणाले बढेको देखाउँछ । यो तथ्यांक चुनावअघिको महिनासम्मको हो ।चुनावअघिको एक महिनामा मात्रै पनि नेपालमा मदिरा आयात उल्लेख्य रूपमा बढ्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० लाख लिटर मदिरा आयात भएकोमा माघ महिनामा मात्रै ४० लाख लिटर मदिरा भित्रिएको छ ।पुससम्म जम्मा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात भएकोमा माघमा मात्रै ४ अर्ब ७८ करोड रुपैयाँको मदिरा आयात भएको तथ्यांकले देखाएको छ । माघसम्म भित्रिएको मदिराबाट सरकारले १० अर्ब ३५ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।गत वर्ष २०८१ को पुससम्म जम्मा १७ लाख लिटर मदिरा आयात भएको थियो । गत वर्ष माघमा २ लाख ३८ हजार लिटर मदिरा आयात भएको थियो । उक्त महिनामा ६४ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको थियो ।गत वर्षको तुलनामा यस वर्ष बढेको मदिरा आयात र खपतले चुनावी वर्षमा मदिराको प्रयोग उल्लेख्य रूपमा बढ्ने गरेको पुष्टि गरेको छ ।
अर्थतन्त्र चलायन बनाउन चुनाव कुर्नुपर्ने बाध्यता नै विडम्बना
नेपालमा चुनाव अर्थतन्त्र चलायमान हुन चुनाव कुर्नुपर्ने बाध्यता नै विडम्बना भएको अर्थशास्त्री डिल्लीराज खनालले बताए । उनले भने ‘पहिलो कुरो त नेपालको अर्थतन्त्र चलायमान गराउन चुनाव पर्खनुपर्ने, यही बेला मात्रै बेस्सरी खर्च हुने र अन्य समयमा अर्थतन्त्रको गति नै सुस्त हुनु नै बिडम्बना हो ।’चुनाव भइदियो भने अर्थतन्त्र उकास्न सकिन्छ कि भनेर बस्नुभन्दा नियमति रुपमा चलायनमा गराउने बनाउनसक्नु महत्वपूर्ण हुन्छ । चुनावमा बहिरबाट पैसा आउने, लुकाएको धन बाहिरिने, बैंकबाट पैसा बाहिरिने, चन्ददेखि लिएर खर्च हुने अन्य क्षेत्रमा त्यतिनै बढेको देखिन्छ । पछिल्लो समय चुनावमा खर्च बढेको मदिरामा पनि हो । अर्थशास्त्री खनालका अनुसार मदिरामा बढी खर्च हुने भएकोले पनि भन्सार विभागको तथ्यांकले इम्पोर्ट स्वीइङ भएको देखाएको हो ।अर्को विषय नेपालीको मदिरा खपत गर्ने क्षमता पनि बढाएको छ । खर्च गर्ने क्षमता बढेसँगै मदिरा आयातको तथ्यांक बढेको देखाएको छ । नेपालमा गत वर्षको तुलनमा मदिरा आयात बढ्नुलाई चुनावकै कारण भएको हो । गत वर्षको तुलनामा चुनाव अगाडि बढेको मदिरा आयात चुनाव पछि फेरि घट्ने दाबी उनको छ ।




.gif)





