images

२०८३ आश्विन १७ गते

images
images
images

सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

images
images
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष आव २०८२÷८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो ।

    images
    images

    यो निर्यात गत आवको सोहि अवधिको तुलनामा बढी हो । गत आवको सोहि अवधिमा नेपालबाट ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो । नेपालले दुबई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विटजरल्यान्ड र अमेरीका लगायत मुलुकमा अलैंची निर्यात गर्दै आएको छ ।

    नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोक लगायत ३९ जिल्लामा अलैंची खेती हुँदै आएको छ । खोल्साको सुन भनेर चिनिने अलैंची, निर्यातजन्य बहुमूल्य मसला बाली हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend