images

२०८३ आश्विन १७ गते

images
images
images

अन्नपूर्ण केबलकारले ६ महिनामै गर्‍यो ७ करोडको कारोबार

अन्नपूर्ण केबलकारले ६ महिनामै गर्‍यो ७ करोडको कारोबार

images
images
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । अन्नपूर्ण केबलकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष सन् २०२५ मा ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।गत आवमा १० प्रतिशत अकुपेन्सी रहेकोमा चालु आवको ६ महिनाको अवधिमा अकुपेन्सी १६ प्रतिशत रहेको छ । कम्पनीले चालु आवमा नाफासँगै कुल नगद सञ्चय सकारात्मक रहेको जनाएको छ । कम्पनीले ६२.९५ प्रतिशत नाफा कमाएको छ ।

    images
    images

    सन् २०१० मा स्थापना भएको कम्पनी सन् २०२३ को मे मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । पर्यटकीय नगरी पोखराको सराङ्कोटमा केबलकारले सेवा दिँदै आएको छ । यो केवलकारले सन् २०२२ को जुलाईबाट व्यवसायिक कारोबार सुरु गरेको हो ।सेती बगर तल्लो स्टेशन र माथिल्लो स्टेशन सराङ्कोट पहाड रहेको केबलकार २.३ किलोमिटरको छ । उक्त केबलकारमा १७ वटा गोन्डोला छन् ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८२ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend