काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८ अर्ब २७ करोड ४६ लाख रुपियाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको सात महिनामा कम्पनीहरुले उक्त रकम संकलन गरेका हुन् ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी तीन अर्ब ३२ करोड चार लाख, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई अर्ब ९८ करोड ९६ लाख, तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख, चौथोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ करोड ४९ लाख र पाँचौंमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई अर्ब ३८ करोड ६ लाख रुपियाँ कुल बीमा शुल्क संकलन संकलन गरेका छन् ।





.gif)





