images

२०८३ आश्विन १७ गते

images
images
images

माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात

माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौँ । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँको ४१५३.१५ मेट्रिक टन अलैँची निर्यात भएको उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा ८ अर्ब ३९ करोड ७६  लाख ९० हजार रुपैयाँको ३०२८.४९ मेट्रिक टन निर्यात  भएको विभागको तथ्यांकमा उल्लेख छ । 

    images
    images

    विभागको तथ्यांक अनुसार अलैँचीको निर्यात मूल्य र परिमाण दुवै बढेको छ । चालु वर्ष निर्यात भएको अलैँचीको कुल मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढी छ। त्यसैगरी, निर्यात परिमाण पनि ११२४.६६ मेट्रिक टनले वृद्धि भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend