images

२०८३ आश्विन १७ गते

images
images
images

केएल दुगडको स्वस्तिक आयलले एकै वर्ष गर्‍यो साढे १४ अर्बको व्यापार

केएल दुगडको स्वस्तिक आयलले एकै वर्ष गर्‍यो साढे १४ अर्बको व्यापार

images
images
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • काठमाडौं । स्वस्तिक आयल इन्डष्ट्रिजले एकै वर्ष साढे १४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२३ र २०२४ मा खुद घाटा व्यहोरेको थियो । तर, गत आवमा व्यापार बढेसँगै १.३३ प्रतिशत खुद नाफा कमाएको छ । साथै, कुल नगद सञ्चय २४ करोड ४० लाख रुपैयाँ रहेको छ ।

    images
    images

    सन् १९८४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, सन्फ्लावर तेल वार्षिक १ लाख ३५ हजार मेट्रिक टन र वनस्पति घ्यू १० हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको तेल स्वस्तिक, धारा, संगम, बिगुल र सन्फ्लो ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।कम्पनीले आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ । विकास दुगड अध्यक्ष रहेको कम्पनीले तेलसँगै १ सय ८० भन्दा बढी प्रकारका खाद्य वस्तुको कारोबार गर्दै आएको छ । कम्पनीले चामल, दाल, सिरियल, बच्चाको खाना, मसला, चिया, फ्लोर र अन्य खाद्य वस्तुको कारोबार गर्दै आएको छ ।

    कम्पनीले गत आवमा गरेको व्यापारमध्ये ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ निर्यातबाट भएको उल्लेख । सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । त्यस्तै, चालु आवको ५ महिनाको अवधिमा ६ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ । जसमा ४७ प्रतिशत व्यापार निर्यातबाट भएको जनाएको छ । दुगड ग्रुपको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ६ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब ६० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend