सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत ले सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि कारबाही गर्दै रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको जनाएको छ।
कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापा का अनुसार माघ महिनाभरि सञ्चालन गरिएको विशेष निगरानी तथा ट्राफिक कारबाहीका क्रममा एक हजार २२ जना सवारी चालकलाई कारबाही गरिएको हो। नियम विपरीत सवारी सञ्चालन, कागजात अभाव, तीव्र गति तथा लापरबाहीपूर्ण ड्राइभिङका कारण कारबाही गरिएको प्रहरीले जनाएको छ।
यस अवधिमा जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
प्रहरीले सवारी नियमको पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।




.gif)





