images

२०८३ आश्विन १७ गते

images
images
images

प्रथम सात महिनामा बाइस करोड पैतालिस लाख राजस्व सङ्कलन

प्रथम सात महिनामा बाइस करोड पैतालिस लाख राजस्व सङ्कलन

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • मकवानपुर । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।

    images
    images

    चालु आवको सात महिनामा सम्पत्ति करबाट रु पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट रु एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त रु तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend