images

२०८३ आश्विन १७ गते

images
images
images

स्टार्टअप कर्जाका लागि १० हजारभन्दा बढी आवेदन, सरकारले फिल्डमै पुगेर निरीक्षण गर्ने

स्टार्टअप कर्जाका लागि १० हजारभन्दा बढी आवेदन, सरकारले फिल्डमै पुगेर निरीक्षण गर्ने

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौँ । सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि अपेक्षाभन्दा अत्यधिक आवेदन परेको छ ।सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेहरुको ओइरो लागेपछि सरकारले अब स्थलगत निरीक्षण (फिल्ड भिजिट) गरेर मात्र प्रक्रिया अघि बढाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तावित परियोजनाहरूको वास्तविकता र अवस्था बुझ्नका देशका स्थानीय तहहरूलाई पत्राचार गरेको छ ।

    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारहरूलाई आ–आफ्नो क्षेत्रमा रहेका प्रस्तावित परियोजनाहरूको निरीक्षण गर्न निर्देशन दिएको छ ।स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २१ दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको थियो । कात्तिक १९ गतेसम्मको उक्त समयसीमा भित्र देशभरबाट १० हजार २४४ जनाले कर्जाका लागि आवेदन दिएका छन्।बजेट र कोटाभन्दा धेरै गुणा बढी आवेदन आएपछि कुन परियोजना वास्तविक हो र कसलाई कर्जाको आवश्यकता छ भन्ने यकिन गर्न मूल्यांकन प्रक्रियामा कडाइ गरिएको मन्त्रालयले जनाएको छ । कागजी प्रस्तावलाई मात्र आधार नमानी स्थलगत निरीक्षण गर्न लागिएको संघीय मन्त्रालयले जनाएको छ ।

    अब स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ताहरूले निवेदकका परियोजना स्थलमै पुगेर जाँचबुझ गर्नेछन् । नयाँ व्यवस्था अनुसार सहजकर्ताले परियोजनाको भौतिक अवस्था जाँच गरी तोकिएको फारम भर्नुपर्ने, परियोजना झल्किने केही तस्बिरहरू लिनुपर्ने र कार्यस्थलको कम्तीमा एक मिनेटको भिडियो खिचेर संलग्न गरी पठाउनुपर्ने  भनेको छ ।यी विवरणका आधारमा वास्तविक उद्यमीको पहिचान गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिने तयारी सरकारको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend