काठमाडौँ । अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो । जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर प्रदान गरी जीविकोपार्जन गर्न सक्षम बनाएको समाचारमा उल्लेख छ ।अफगानिस्तानका गलैंचा उत्पादकहरूको प्रतिनिधित्व गर्ने युनियनका एक सदस्यले बताए । विगतमा गलैंचा उद्योग करिव पाँच देखि ६ वटा प्रान्तमा मात्र लोकप्रिय थियो । तर हाल अफगानिस्तानका लगभग सबै भागका मानिसहरू यस व्यवसायमा संलग्न छन् र परम्परागत उद्योगलाई जीवित र फस्टाउनका लागि गलैंचा बुनिरहेका छन् ।
मोहिबुल्लाह कोहीले सोमबार अफगानिस्तानको आधिकारिक रेडियो र टेलिभिजनलाई बताए । अफगानिस्तानका हातले बुनिएका गलैंचाहरू विश्वभर लोकप्रिय छन् । यद्यपि चार दशकभन्दा बढीको युद्ध र नागरिक अशान्तिले यस उद्योगलाई क्षति पु-याएको छ । तथापि यो परम्परागत उद्योग हालका वर्षहरूमा फस्टाउँदै गएको छ र चीन, युरोप, संयुक्त राज्य अमेरिका र अरब राष्ट्रहरू सहित विदेशमा बजारहरू खोजिरहेको छ ।




.gif)



