images

२०८३ आश्विन १७ गते

images
images
images

१४.०४ प्रतिशतले घटाइयो बजेट, १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने अनुमान

१४.०४ प्रतिशतले घटाइयो बजेट, १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने अनुमान

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो । गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । योमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो । 

    images
    images

    संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ जुन सुरुवाती बजेटको तुलनामा क्रमशः ९५.३४ प्रतिशत, ५९.६५ प्रतिशत र ८५.०२ प्रतिशत हो ।622617880_1414744516808253_4472477087523484245_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend