images

२०८३ आश्विन १७ गते

images
images
images

चामल बेच्ने शिवम् एग्रोको व्यापार १३ प्रतिशतले बढ्यो

चामल बेच्ने शिवम् एग्रोको व्यापार १३ प्रतिशतले बढ्यो

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौं । शिवम् एग्रो इन्डष्ट्रिजको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले बढेको हो ।सन् २०२४ मा १ अर्ब २२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आवमा १ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    कम्पनीले गत आवमा १.०४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.७५ प्रतिशत खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६१ करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को तुलनामा व्यापार कम भएको कम्पनीले जनाएको छ ।कम्पनीको कुल नगद सञ्चय घटेको छ । सन् २०२४ मा २ करोड ८० लाख रुपैयाँ रहेकोमा हाल २ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।सन् २०१२ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी विभिन्न प्रकारका चामल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको चामल विभिन्न ७ वटा ब्रान्डको ५ केजीदेखि ३० केजीसम्मको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।

    शिवजीप्रसाद शाह कल्वार अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड ५८ लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend