images

२०८३ आश्विन १७ गते

images
images
images

घलेम्दी हाइड्रोको नोक्सानी साढे १ करोड माथि, अन्य सूचक कस्ता ?

घलेम्दी हाइड्रोको नोक्सानी साढे १ करोड माथि, अन्य सूचक कस्ता ?

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • घलेम्दी हाइड्रो लिमिटेडको नोक्सानी थप बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी साढे १ करोड माथि पुगेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो ।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रुपैयाँमा सीमित भएसँगै कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँबाट घटेर ७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जसका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend