images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • युएईको कम्पनीले किन्यो ट्रम्प परिवारको क्रिप्टो...

युएईको कम्पनीले किन्यो ट्रम्प परिवारको क्रिप्टो कम्पनीको ठुलो हिस्सा

युएईको कम्पनीले किन्यो ट्रम्प परिवारको क्रिप्टो कम्पनीको ठुलो हिस्सा

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • वासिङ्टन डिसी । संयुक्त अरब इमिरेट्स (यूएई)सँग जोडिएको एक लगानी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक क्रिप्टो कम्पनीको ठुलो हिस्सा किनेको छ । सीएनएनले बताएअनुसार सो कम्पनीले वर्ल्ड लिबर्टी फाइनान्सियलको ४९ प्रतिशत सेयर ५० करोड डलरमा किनेको हो । वाल स्ट्रिट जर्नलका अनुसार सम्झौता ट्रम्पको दोस्रो शपथग्रहण हुन चार दिनअघि राष्ट्रपति पुत्र एरिक ट्रम्पले हस्ताक्षर गरेका थिए ।

    images
    images

    खरिदकर्ता समूह युएईका प्रभावशाली शाही सदस्य शेख तह्नुन बिन जायद अल नाहयानसँग सम्बद्ध रहेको बताइएको छ । कागजातअनुसार प्रारम्भिक भुक्तानीमध्ये १८ करोड ७० लाख डलर ट्रम्पको परिवारिक कम्पनीमा गएको छ । कम्तीमा ३ करोड १० लाख डलर भने स्टिभ विटकफको परिवारको नाममा रहेका कम्पनीमा गएको छ । यस सम्झौताले ट्रम्प प्रशासनमाथि सम्भावित हित–द्वन्द्वबारे नयाँ प्रश्न उठाएको छ ।तर ह्वाइट हाउसले आरोप खारेज गर्दै ट्रम्पका सम्पत्ति ट्रस्टमार्फत व्यवस्थापन भइरहेको र कुनै द्वन्द्व नभएको जनाएको छ । आफू कम्पनीबाट अलग्गिएको र सरकारी कामसँग वित्तीय स्वार्थ नजोडिने मध्यपूर्वका लागि विशेष दूत विटकफले बताएका छन् । 

    वर्ल्ड लिबर्टी फाइनान्सियलका प्रवक्ताले ट्रम्प र विटकफ दुवै सम्झौतामा संलग्न नभएको दाबी गरेका छन् । साथै, यो सम्झौता अमेरिकी एआई चिप नीतिसँग जोडिएको आरोप पूर्णतः गलत भएको उनको भनाइ छ । निर्णय शुद्ध व्यावसायिक आधारमा गरिएको कम्पनीको जिकीर छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend