images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • जिमेलमा भित्रियो एआई : इमेल आफैँ...

जिमेलमा भित्रियो एआई : इमेल आफैँ लेखिदिनेदेखि टु-डु लिस्ट बनाइदिने

जिमेलमा भित्रियो एआई : इमेल आफैँ लेखिदिनेदेखि टु-डु लिस्ट बनाइदिने

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ । गुगलले आफ्नो निकै लोकप्रिय सेवा जिमेलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का नयाँ सुविधाहरू थप गरेको छ। झण्डै दुई वर्षअघि सर्च इन्जिनमा एआई ल्याएको गुगलले अब प्रयोगकर्ताको इनबक्स व्यवस्थापन गर्न र इमेल लेख्ने प्रक्रियालाई छिटो बनाउन ‘जेनेरेटिभ एआई’ टुल्स भित्र्याएको हो। यीमध्ये केही सुविधाहरू निःशुल्क छन् भने केहीका लागि शुल्क तिर्नुपर्ने हुन्छ।नयाँ फिचर अन्तर्गत अब प्रयोगकर्ताले आफ्नो इनबक्समा पुराना इमेल खोज्न किवर्ड टाइप गरिरहनु पर्दैन। सिधै प्रश्न सोधेर, जस्तै, ‘मैले गएको महिना भेटेको जब रिक्रुटरको नाम के हो?’ भनी खोज्न सकिनेछ। त्यस्तै, गुगलले यसै वर्ष सार्वजनिक गर्ने गरी एउटा नयाँ एआई इनबक्सको परीक्षण गरिरहेको छ, जसले इमेलमा भएका कुराकानीका आधारमा प्रयोगकर्ताका लागि गर्नुपर्ने कामहरूको सूची (टु-डु लिस्ट) आफैँ तयार पारिदिनेछ। यसका साथै इमेलमा व्याकरण सुधार्ने ‘प्रूफरिडर’ र जवाफ फर्काउने ‘रेस्पोन्स जेनेरेटर’ पनि थपिएका छन्।

    images
    images
    • के-के छन् निःशुल्क र सशुल्क सुविधा? 

    गुगलले पहिले पैसा तिर्नुपर्ने केही फिचरहरूलाई अहिले निःशुल्क बनाएको छ। जसमा प्रयोगकर्ताको पुरानो लेखनशैली अनुसार जवाफ लेखिदिने ‘सजेस्टेड रिप्लाई’, लामो कुराकानीको सारांश देखाउने ‘एआई ओभरभ्यु’ र ‘हेल्प मी राइट’ बटन रहेका छन्। ‘हेल्प मी राइट’ मार्फत प्रयोगकर्ताले ‘बिजुलीको बिल किन धेरै आयो भनी सोध्नका लागि एउटा पत्र लेखिदेऊ’ भनेर कमान्ड दिँदा एआईले ड्राफ्ट तयार पारिदिनेछ।अर्कोतर्फ, महिनाको २० डलर तिर्ने ग्राहकका लागि ‘एआई ओभरभ्यु फर सर्च’ उपलब्ध गराइएको छ। यसले इनबक्समा थुप्रिएका हजारौँ इमेलहरूमध्येबाट तपाईँले सोधेको प्रश्नको सटीक उत्तर खोजेर दिनेछ। उदाहरणका लागि, ‘गत वर्ष मेरो शौचालय मर्मत गर्ने प्लम्बरको नाम के हो?’ भनी सोध्दा यसले सिधै नाम र सम्पर्क उपलब्ध गराउँछ।गोपनीयतामा प्रश्न यी सबै सुविधाहरू प्रयोग गर्न गुगलको एआई सहायक ‘जेमिनाई’ ले प्रयोगकर्ताको सम्पूर्ण इनबक्समा पहुँच पाउनुपर्ने हुन्छ। यसले व्यक्तिगत गोपनीयतामा असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यद्यपि, गुगलले भने मेसिनले इमेलको विश्लेषण गरे पनि आफ्ना कर्मचारीहरूले कसैको व्यक्तिगत इमेल नपढ्ने दाबी गको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend