images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने...

वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना पक्राउ

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाका ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुरकी २६ वर्षीया मनिषा अधिकारी, गुल्मीका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र चितवनका २७ वर्षीय सरल आचार्य रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने तयारीमा रहेका युवाहरूबाट लाखौँ रकम असुलेर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।

    images
    images

    पक्राउ परेकामध्ये कृष्ण कुँवरले सर्विया पठाइदिने बहानामा एक जनाबाट २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुलेको छ। त्यस्तै, मनिषा अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै २ लाख ५० हजार, भक्त प्रसाद मरासिनीले रोमानियाका लागि २ लाख २५ हजार र सरल आचार्यले युएई पठाइदिने प्रलोभनमा २ लाख ६२ हजार रूपैयाँ ठगी गरेका थिए। रकम बुझाएपछि आरोपितहरू सम्पर्कविहीन भएपछि पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिएका थिए।पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले कृष्ण, मनिषा र भक्त प्रसादलाई आइतबार तथा सरललाई सोमबार काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend