images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर १२ लाख...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १२ लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १२ लाख ठग्ने पक्राउ

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्।

    images
    images

    श्रेष्ठले आइसल्याण्डमा कुक पदमा आकर्षक तलब पाइने प्रलोभन देखाई एक पीडितबाट १२ लाख ४० हजार रुपैयाँ असुल गरेर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कागेश्वरी मनोहरा–७ बाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend