images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • बढ्यो सुन र चाँदीको मूल्य ,...

बढ्यो सुन र चाँदीको मूल्य , बिहीबार कति पुग्यो भाउ ?

बढ्यो सुन र चाँदीको मूल्य , बिहीबार कति पुग्यो भाउ ?

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपियाँ थियो ।

    बुधबारको तुलनामा आज ८ सय रुपियाँ बढेको हो । 

    images
    images

    त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपियाँ रहेको छ । अघिल्लो दिन प्रतितेला १ लाख ४३ हजार ४०० रुपियाँमा कारोबार भएको थियो । 

    त्यसैगरी चाँदीको मूल्य १५ रुपियाँ बढेको छ । बुधबार १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend