images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्षले...

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए सपथ

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए सपथ

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • बुटवल । लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसालले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।अध्यक्ष बस्यालले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् भने सदस्य भुसालले आयोगका अध्यक्ष समक्ष शपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष हरिप्रसाद बस्याललाई उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराएका थिए । समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर र मुख्य महान्यायाधिवक्ता यमलाल खनाल लगायतको उपस्थिति थियो ।  संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण गरेका हुन् । 

    images
    images

    यस्तै आयोगका नवनियुक्त सदस्य भुसालले पनि अध्यक्ष बस्यालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको सपथ लिने प्रावधान छ ।  अध्यक्ष बस्याल पाल्पा निवासी हुन् भने सदस्य भुसाल अर्घाखाँचीका बासिन्दा हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend