images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता...

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • जलेश्वर (महोत्तरी), २२ पुस । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन् ।
     
    जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन् । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । क्षेत्रगत रूपमा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका उहाँले जानकारी दिनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend