images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क...

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं। देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूको औषधि उपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको मिति २०८२-०८-०५ को निर्णयअनुसार उक्त कार्यविधि स्वीकृत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    नयाँ कार्यविधिले वि.सं. २०८१ चैत १५ गते तीनकुने, काठमाडौंमा भएको आन्दोलन तथा वि.सं.२०८२ भदौ २३ र २४ गते सम्पन्न ‘जेन जी आन्दोलन’ का क्रममा घाइते भएकाहरूलाई पनि समेटेको छ । यसका साथै विगत तथा भविष्यमा हुने आन्दोलन, द्वन्द्व र प्राकृतिक प्रकोपका घाइतेहरूको निःशुल्क उपचार व्यवस्थालाई व्यवस्थित गर्ने लक्ष्य लिइएको छ ।मन्त्रालयका अनुसार घाइतेलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेबापत सम्बन्धित अस्पतालहरूले तोकिएको प्रक्रिया पूरा गरी औषधि उपचार खर्चको शोधभर्ना पाउने व्यवस्था गरिएको छ । 

    यसले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालहरूलाई स्पष्ट मापदण्डका आधारमा शोधभर्ना प्रदान गर्न सहज बनाउने विश्वास लिइएको छ ।स्वीकृत कार्यविधिले उपचार, कागजात, दाबी प्रक्रिया तथा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै घाइतेहरूको समयमै उपचार सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend